March 19th, 2024

ग्रामीण विकास लघुवित्तका ग्राहक सदस्यहरूद्वारा अवलोकन भ्रमण

  
बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आठवटै प्रदेश कार्यालय अन्तर्गतका शाखा कार्यालयमा आवद्ध ग्राहक सदस्यहरूको अवलोकन भ्रमण सम्पन्न भएको छ ।

फागुन २७ गते देखि चैत्र ५ गतेसम्म आयोजना भएको अन्तर प्रदेश अवलोकन भ्रमणमा यस संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध २ सय ५० जना महिला ग्राहक सदस्यहरूको प्रत्यक्ष सहभागिता रहेको थियो ।

तीन चरणमा सञ्चालन भएको अवलोकन भ्रमण कार्यक्रममा सहभागि सदस्यहरूले मेची देखि महाकालीसम्म विभिन्न स्थानमा संस्थाद्घारा संचालित लघुवित्त कार्यक्रमको बारेमा ग्राहक सदस्यहरू बीच अन्तरक्रिया, केन्द्र बैठक अवलोकन, विभिन्न परियोजनाहरुको स्थलगत अवलोकन र कार्यक्षेत्र भित्र पर्ने विभिन्न धार्मिक मठ मन्दिर, ऐतिहासिक स्थल, सांस्कृतिक र पर्यटकिय स्थलहरूको अध्ययन, अवलोकन गरेका थिए ।

फागुन २७ देखि ३० गतेसम्म सञ्चालन भएको अवलोकन भ्रमणको प्रथम चरणमा विभिन्न शाखा कार्यालयहरूमा आवद्ध बाग्मती प्रदेश कार्यालय हेटौंडाबाट ३० जना, गण्डकी प्रदेश कार्यालय पोखराबाट ३७ जना, लुम्बिनी प्रदेश कार्यालय बुटवल (ख) बाट २८ जना र प्रदेश कार्यालय धनगढीबाट ३१ जना ग्राहक सदस्यहरूको सहभागिता रहेको थियो ।

यसैगरी फागुन ३० देखि चैत्र ३ गतेसम्म सञ्चालन भएको अवलोकन भ्रमणको दोस्रो चरणमा विभिन्न शाखा कार्यालयहरूमा आवद्ध मधेश प्रदेश कार्यालय जनकपुरबाट ३६ जना सदस्यहरूको सहभागिता रहेको थियो । अवलोकन भ्रमणको तेस्रो चरण चैत्र २ देखि ५ गतेसम्म सञ्चालन भएको थियो । जसमा कोशी प्रदेश कार्यालय बिराटनगर अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूमा आवद्ध ३५ जना, लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज (क) बाट ३७ जना र कर्णाली प्रदेश कार्यालय, सुर्खेतबाट १६ जना सदस्यहरूको सहभागिता रहेको थियो । अवलोकन भ्रमणको आवश्यक व्यवस्थापन र सहजिकरणका लागि प्रत्येक प्रदेश कार्यालयबाट तीन÷तीन जना गरी जम्मा २४ जना कर्मचारीहरू सहभागि भएका थिए ।

अवलोकन भ्रमणमा सहभागी सदस्यहरूलाई बुटवलमा स्वागत गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले संस्थाले ग्रामीण दूरदराजमा बसोवास गर्ने ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि र उत्प्रेरणाका लागि विगत देखि नै अवलोकन भ्रमणलाई निरन्तरता दिँदै आइरहेको बताउँदै लघुवित्त सेवालाई दीगो र विश्वासिलो बनाई ग्राहकहरूको घरदैलोसम्म पुर्याउन संस्था सँधै प्रतिवद्ध रहेको बताए ।

लघुवित्त कार्यक्रमको अवलोकन भ्रमणबाट सदस्यहरूमा उत्प्रेरणा र सकारात्मक प्रभाव पर्ने हुँदा आगामी वर्षमा समेत संस्थाले सदस्यहरूका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत दिपक प्रसाद पाण्डेले बताए ।

अवलोकन भ्रमणको अवसरमा समुह सदस्यहरू बीच भएका सकारात्मक छलफल, अन्तरकृया अनुभव अदान प्रदानबाट सदस्यहरूमा हौसला र उर्जा थपिएकोहुँदा कार्य सञ्चालनमा देखिएका विभिन्न चुनौतिलाई समाधान गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।
हाल ५६ वटा जिल्लामा यस संस्थाका १८९ वटा शाखा कार्यालयमा २ लाख ३० हजार सदस्य र ९३ हजार ग्राहक सदस्यहरू आवद्ध रहेका छन् ।संस्थाको ग्राहक संरक्षण कोष परिचालन अन्र्तगत ग्राहक सदस्यहरुलाई सीप विकास तालिम, अवलोकन भ्रमण, पुनर्ताजगी सम्बन्धी गोष्ठी, सेमिनार सञ्चालन गर्ने कार्ययोजना अनुरुप पहिलो चरणमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]