March 15th, 2024

सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

बैंकिङ खबर/ सानिमा जिआईसी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत्र २९ गते काठमाडौँको अमृतभोग पार्टी प्यालेसमा सभा आह्वान गरेको हो। 

कम्पनीको सभामा वित्तीय विवरण पारित गर्ने, संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, हकप्रद निष्काशन प्रस्ताव पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

 कम्पनीले साधारणसभाको प्रयोजनार्थ चैत्र १५ गते  बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात चैत्र १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन सक्ने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

(१) कम्पनीको छैठौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ.व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

(२) सानिमा जिआईसी इन्स्योरेन्स लि. को लेखा परीक्षण प्रतिवेदन सहित आ.व. २०७९ / ०८० आषाढ मसान्तको वासलात, मिति २०७९ ०४/०१ गते देखि २०८० ०३ ३१ गते सम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्वन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

(३) साविक जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७९ ०८० को वासलात, मिति २०७९ ०४ ०१ गते देखि २०७९/०७/०६ गते सम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

(४) कम्पनी ऐन, २०६३ को दफा १११ वमोजिम आर्थिक वर्ष २०८० / ०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने । 

(५) संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने ।

विशेष प्रस्ताव :

(१) कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने ।

(२) कम्पनीको चुक्ता पूँजी रु. २ अर्वको २५ प्रतिशत वरावर रु. ५० करोडको हकप्रद शेयर जारी गर्ने ।

(३) कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) वमोजिम आ.व. २०७९ / ०८० मा भएको खर्चको अनुमोदन गर्ने ।

(४) संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्ने ।

(५) उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतीको लागी पेश हुँदा नियमनकारी निकाय वा सम्बन्धित कार्यालयबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो वमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]