Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

फागुनमा घरजग्गा कारोबार स्थिर

२०८० चैत्र २ गते
सेयर:

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८०-८१ को फागुन महिनामा घरजग्गा कारोबार स्थिर रहेको छ। माघ महिनाको तुलनामा फागुनमा घरजग्गा कारोबार स्थिर रहेको हो।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। त्यस्तै, फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको छ।

घरजग्गा किनबेच स्थिर रहे पनि राजस्व भने थोरै वृद्धि भएको देखिन्छ। फागुनमा सरकारलाई घरजग्गा किनबेचबाट तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ।

माघमा भने तीन अर्ब ३७ करोड ५७ लाख रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियो। गत आर्थिक वर्ष फागुन महिनाको तुलनामा भने यो वर्ष फागुन महिनामा २५.१९ प्रतिशतले घरजग्गा किनबेच बढेको छ।