Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तका ऋणीहरूसँग वार्ता सकारात्मक

२०८० चैत्र १ गते

बैंकिङ खबर/ अर्थ मन्त्रालय र लघुवित्तका ऋणीहरुबीचको वार्ता सकारात्मक बनेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ताटोली र लघुवित्त ऋणीका प्रतिनिधहरुबीच बिहीवार राती अबेरसम्म बसेको वार्ता सकारात्मक बनेको मन्त्रालयले जनाएकाे छ ।

बिहीबार निर्धारित समयभन्दा ढिला गरी शुरु भएको वार्तालाई निष्कर्षमा पुर्‍याएर सम्झौता गर्न समय अभाव भएकाले शुक्रवार बिहान ११ बजे पुनः बस्ने सहमति समेत भएको छ । लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने सम्मका माग राखी आन्दोलनमा रहेका ऋणीहरुसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुनले बुधबार एउटा समिति गठन गरेका थिए ।