March 14th, 2024

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

 

बैंकिङ खबर/ ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय बुंगमतीले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता सम्पन्न गरेको छ । शाखा कार्यालय बुंगमतीको अन्तर्गत सञ्चालित विभिन्न केन्द्रका केन्द्र प्रमुखहरुको सहभागितामा सञ्चालित कार्यक्रममा सोही कार्यालय अन्तर्गत केन्द्र नं.६ को केन्द्र प्रमुख जुनु मिजारको अध्यक्षतामा तथा ललितपुर महानगरपलिका वडा नं.१८ का सदस्य गोपाल डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साथै कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.का नायव महाप्रबन्धक गोबिन्द चापागाई, प्रहरी प्रभाग बुंगमती, भैंसेपाटीका प्रहरी निरीक्षक अनिल कुमार बैठा, दक्षिणकाली न.पा वडा नंं २ का बडा सदस्य सम्झना दनुवार, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय काठमाडौंका बरिष्ठ प्रबन्धक जर्नादन ढकाल र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.इलाका कार्यालय गठ्ठाघरका बरिष्ठ प्रबन्धक कृष्ण खनालको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शाखा कार्यालय बुंगमतीका कार्यालय प्रमुख दुर्गा कुमारी पराजुलीले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि गोपाल डंगोलले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले दिएका सेवाहरुमध्ये कर्जा बीमा सेवाले सेवाग्राही सदस्यलाई भवितव्य पर्दा प्राप्त हुने राहत र संस्थाले गरेका विभिन्न सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । कर्जा सदुपयोग गर्नुपर्ने, समुहमा मिलेर काम गर्दा उपलब्धी हासिल गर्न सहज हुने, संस्थाले स्थानीय निकायसँग समन्वय गरी हातेमालो गरेर अगाडि बढेमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने, र लघुवित्तले आर्थिक आय आर्जनमा मात्र नभइ उनीहरुको परिवारको शैक्षिक स्तरलाई अझै सुुदढ बनाउनतर्फ ध्यान दिनुुपर्ने बताए ।

कार्यक्रममा ईलाका कार्यालय ठिमीका इलाका प्रवन्धक कृष्ण खनालले वित्तीय संस्थाको समग्र सेवाको बारेमा प्रस्तुतीकरणमार्फत जानकारी प्रदान गरेका थिए भने केन्द्रीय कार्यालयका वरिष्ठ प्रबन्धक जनार्दन ढकालले संस्थाको परिचयसहित वर्तमान अवस्था, समसामयिक समस्याहरु र समाधानका उपायका सम्बन्धमा चर्चा गर्दै वित्तीय संस्थाको आगामी रणनीतिको सम्बन्धमा प्रकाश पारेका थिए ।

त्यस्तै वित्तीय संस्थाका नायब महाप्रवन्धक गोबिन्द चापागार्इंले आयोजित कार्यक्रमाको उद्देश्यमाथि प्रकाश पार्दै बजार हल्लाकोपछि नलाग्न र कर्जा सदुपयोत तथा वित्तीय अनुशासन कायम राख्न सुझाव दिए । कार्यक्रममा बाल्दै शाखा प्रमुख दुर्गा कुमारी पराजुलीले शाखा कार्यालयको स्थापनाकालदेखि हालसम्मको प्रगतीको अवस्था र बचत तथा कर्जाको बारेमा, लघुवित्तमा बहुबैंकिङले पार्ने समस्याका बारेमा जानकारी गराउँदै सहभागीबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पारेकी थिइन् । 

कार्यक्रममा वार्षिक केन्द्र मूल्याङ्कनका आधार प्रथम, द्वित्तीय र तृत्तीय हुुने केन्द्रहरुलाई क्रमश नगद ५ हजार, ४ हजार र ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक वर्षमा एसईइसीमा उत्कृष्ट नम्बर ल्याउने एक जना विद्यार्थीलाई नगद रु १० हजार साथै प्रमाण पत्र प्रदान गरिएको थियो । कर्जा बीमा तथा ग्राहक संरक्षण कोषबाट ३ जना सदस्यहरुलाई जम्मा रु.११ लाख ३० हजार राहत सुविधा समेत वितरण गरिएको थियो । सो कार्यक्रम बिभिन्न केन्द्रमा आबद्य ११२ जना भन्दा बढी सदस्य तथा अभिभावकहरुको सहभागितामा सम्पन्न भयो ।

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि.प्रचलित कम्पनी ऐन बमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा-उपशाखा र ९ वटा ईलाका कार्यालयहरुमार्फत करिब २ लाख ६० हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैंकिङ/वित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]