
बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गंजभवानीपुर,बारा शाखा कार्यालयले ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ ।
संस्थाले बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं.५,तेतरिया टोलमा रहेको केन्द्र न.११ की सदस्य रामभा हजराईन दुसादिनको श्रीमान् नागिन्द्र हजराको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराइएको हो ।
सदस्य श्रीमती रामभा हजराईन दुसादिनले संस्थाबाट १ लाखको कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता रकम रु.५६ हजार समेत फिर्ता गरी जम्मा रकम ८१ हजार रामभा हजराईन दुसादिनलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव, शाखाका कर्मचारी जय करण साह तथा करैयामाई गाउँपालिकाको न्याय समितिको सदस्य गजिन्द्र चौधरीको उपस्थिति रहेको संस्थाले जनाएको छ ।



