Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सुर्योदय वोमी लघुवित्तद्वारा बीमा बाफत क्षतिपूर्ति रकम हस्तान्तरण

२०८० फाल्गुन २१ गते

बैंकिङ खबर/ सुर्योदय वोमी लघुवित्तले मृतकको परिवारलाई बीमा बाफत क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम जिल्ला सरावल गाउँपलिका १ तिलकपुरमा शाखा रहेको सरावल गा.पा. वडा ०१, मगरमुडा रहेको केन्द्र नं. १३९ कि सदस्य धनि माया सरुको श्रीमान मिन बहादुर सरुको मृत्यु भएपछि बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराइएको हो ।

सदस्य धनि माया सारुले संस्थाबाट एक लाख कर्जा लिएकोमा सारुको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज एक लाख मिनाहा गरी कर्जा बीमा अन्तर्गत सदस्यको मृत्यु पश्चात तिरेको किस्ता रकम समेत फिर्ता गरी जम्मा रकम १००००० कामना सेवा विकास बैँकको चेक यसै संस्था शाखा प्रमुख सुन्दर थापा क्षेत्री मार्फत निज सदस्यलाई चेकमार्फत एकमुष्ट भुक्तानी गरिएको संस्थाका कर्मचारी डिला डागिले बताए ।