
बैंकिङ खबर/हाल लघुवित्तबारे फैलिएका विभिन्न भ्रम चिर्ने उद्देश्यले उन्नति सहकार्य लघुवित्तको नारायणस्थान बागलुङ शाखाले बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १३मा जनता सङ्ग उन्नति एवम् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिमाझ भएको कार्यक्रममा लघुवित्तको महत्त्व र कर्जा बारे जानकारी गराइएको थियो ।
उन्नति सहकार्य लघुवित्तका बागलुङ कलस्टर प्रमुख विजय क्षेत्रीले लघुवित्तको कर्जा सदुपयोग गरी उद्यमी बनेकाहरूको चर्चा गर्नुका साथै ऋण नतिर्दा पर्नसक्ने असरबारे बताएका थिए ।
उनले भने, ‘लघुवित्तहरूले देशको गरिबी घटाउन योगदान गरेका छन् । पछिल्लो समय लघुवित्तलाई बदनाम गराउने गरी भ्रम फैलाइएको छ । यसको पछि लाग्न हुँदैन । लघुवित्त विपन्न र मध्यम आए भएका नागरिकको प्रगतिका सारथी हुन् ।’



