Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

२०८० फाल्गुन २१ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले गत आर्थिक वर्षबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।