Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेट निर्माणबारे राजस्व परामर्श समितिले काम थाल्यो काम, राजस्वबारे सुझाव माग

२०८० फाल्गुन २० गते

बैंकिङ खबर/ आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट निर्माण प्रक्रिया अन्तर्गत राजस्व परामर्श समितिले काम थालेको छ ।
यस अन्तर्गतको आन्तरिक राजस्व उपसमितिले आगामी आवमा आन्तरिक कर तथा अन्य कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणबारे सुझाव पठाउन भनेको छ ।

यस्तो सुझाव ५ चैत २०८० भित्र आन्तरिक राजस्व विभागको नीति विश्लेषण शाखा, लाजिम्पाटमा पठाउन भनिएको छ । आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, विद्युतीय सेवा कर, इकमर्सजस्ता करमा सुझाव दिन उपसमितिले आह्वान गरेको हो ।

सरकारले आगामी आवको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा सार्वजनिक गरिसकेको छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले सिलिङ तय गर्दै बजेट निर्माणको मार्गदर्शन समेत जारी गरिसकेका छन् ।