
बैंकिङ खबर/ गोरखा नगरपालिका –६ केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाल सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिवाट पेश भएको आ.व.२०७९।०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यसैगरी तनहुँमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त बित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने (मर्जर) को प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यसैगरी साधारण सभाले साधना लघुवित्त वित्तीय संस्था लि. र साधना लघुवित्त वित्तीय संस्था लि.मर्जर पश्चात नाम सबैको साधना लघुवित्त वित्तीय संस्था हुने, स्वाप रेसियो १ः१ हुने मर्जर पश्चात् केन्द्रिय कार्यालय चितवन जिल्लामा स्थानान्तरण हुने, हालको संचालक समितीको कार्यकाल मर्जर पश्चात पहिलो साधारण सभासम्म रहने गरि विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।
त्यसैगरी सभामा विभिन्न शेयरधनिहरुबाट आएको जिज्ञासा,सल्लाह, सुझाव बारेमा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने र संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले प्रष्ट पार्ने कार्य परेका थिए भने सञ्चालक समितिको तर्फबाट उपस्थित सबैलाई धन्यवाद ज्ञापन सञ्चालक समितिको सदस्य नरहरी ढकालले गरेका थिए ।
चालु आ.व. माघ मसान्तसम्म ३१ जिल्ला मार्फत ९३वटा शाखा कार्यालयहरुमार्फत संस्थाको पहुँच १ लाख ४ हजार भन्दा बढी विपन्न परिवारमा सेवा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ५ अर्ब ४० करोड तथा बचत १ अर्ब ३१ करोड भन्दा बढि सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।
निकट भविष्यमा मर्जर पश्चात् संस्थाको सात वटै प्रदेशमा कार्यक्रम विस्तार गरी आधुनिक प्रविधि मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै वित्तीय साक्षरतामा विशेष जोड दिइ कार्यक्रम सञ्चालन गर्ने प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।



