२०८० फाल्गुन १७ गते

श्रृजनशील लघुवित्तसँगै डिमर्ज गर्दै मानुषी लघुवित्त

बैंकिङ खबर/मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको छ। मानुषीले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेका कारण सो प्रक्रिया अघि बढाएको बताएको छ।

यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९ चैत २ गते समझदारी पत्र र २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पठाएको थियो। तर अहिले श्रृजनशील लघुवित्त (SHLB) को वित्तीय अवस्था सन्तोषजनक नभएका कारण मानुषी लघुवित्तले डिमर्ज