
बैंकिङ खबर/ प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी पक्राउ गरेपछि बैंकर्स संघले आकस्मिक बैठक डाकेका छ।
बुधबार संघले सबै बैंकरलाई बोलाएर पूर्ण बैठक राख्न लागेको हो । कमसल धितोमा कर्जा प्रवाह गरेको भन्दै सिआइबिले बैंकका कर्मचारीलाई पक्राउ गरेपछि संघले छलफल गर्न लागेको हो। बुधबार संघमा छलफल गरी त्यसको निष्कर्षसहित संघले गृहमन्त्री समेतलाई भेट्ने तयारी गरेको छ।


