Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१० बैंकर्सलाई ७ दिन हिरासतमा राख्न अनुमति

२०८० फाल्गुन १५ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जना बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो।

सेन्चुरी बैंकमा कार्यरत रहँदा कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ।

पक्राउ पर्ने अन्य व्यक्तिहरुमा सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, सविन घिमिरे, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन्। यी सबै व्यक्ति उपर कर्जा अपचलन गरेको आरोप लागेको छ।