February 26th, 2024

साधना लघुवित्तद्वारा ९ नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ साधना लघुवित्तद्धारा ९ वटा नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ बटा शाखा कार्यालयबाट बचत,कर्जा विमा,तालिम तथा विप्रेशण लगाएतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ । स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्दै लघुउद्यम ब्यवसायको प्रवर्दन, बिस्तार र सबलीकरण, ग्राहक सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण, महिला शसक्तिकरण, वित्तीय सचेतना बिस्तारमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

गोरखामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ६ हजार घरधुरीलाई बित्तीय सेवा प्रदान गरी ५७ हजार सदस्यलाई रु ५ अर्ब ५० करोड कर्जा लगानी गरी लघुउद्यम ब्यबसायको प्रवर्दनसँगै आर्थिक रुपान्तरण र उद्यमशीलताको बिकास गरी आवद्ध ग्राहक सदस्यको जिबनस्तरमा सकारात्मक परिवर्तन गर्दे आएको छ ।

लघुवित्त कार्यक्रमले ग्राहक सदस्यहरुमा बचत गर्ने बानीको बिकास गर्ने, फजुल खर्च घटाउन प्रेरणा दिने,स्थानिय स्तरमा नै लघुउद्यमी बनाउन प्रेरित गर्छ । वर्तमान अबस्थामा वित्तीय क्षेत्रहरुमा देखिएको समस्यालाई दिगो रुपमा समाधान गर्न ग्रामीण क्षेत्रमा कृषीमा आधुनिकीकरण र ब्यबसायीकरण, पर्यटन पूर्बाधारको बिकास गरी स्थानिय स्तरमा नै सक्रिय आर्थिक क्रियाकलाप गर्न लघुवित्त कार्यक्रमले महत्बपूर्ण भूमिका निर्बाह गरेको छ ।

बिशेषतः बिपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको जीबनशैली र वित्तीय अबस्थामा सुधार गरी गरिबी न्यूनीकरण गर्ने, प्रत्यक्ष, परोक्ष रुपमा ग्रामीण र दुरदराजमा वित्तीय सेवाहरु प्रबाह गर्ने पबित्र उद्देश्य राखेर सञ्चालीत हने लघुवित्त वित्तीय संस्थाहरुमा कहिले काँही हुने अस्भाबिक घटनाहरुले लघुवित्त वित्तीय संस्थाहरुले गरेका सकारात्मक कार्यहरु ओझेलमा परि नकारात्मक धारणको विकास भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]