Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो ५० करोड तरलता

२०७३ मंसिर १ गते

nrb 1 (1)नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० करोड रुपैयाँ तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गरेको छ । मंगलबार मात्रै तीन अर्ब तरलता पठाएको राष्ट्र बैंकले बुधबार ५० करोड रुपैयाँ तरलता खिचेको हो । राष्ट्र बैंकले सात दिने अवधिको रिभर्स रिपोमार्फत तरलता खिचेको हो । रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्रि गरिएको राष्ट्र बैंकले जनाएको छ । उक्त रिभर्स रिपो आगामी मंसिर ८ गते परिपक्व हुनेछ ।