February 25th, 2024

सूर्योदय वोमी लघुवित्त ढल्केवर शाखाले दियो महिलालाई उद्यमी बनाउन व्यावसायिक पशुपालन तालिम

बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था ढल्केवर शाखाले समूहका महिला तथा अभिभावकका लागि व्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब ४५ सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला मिथिला नगरपालिका वडा न ७ मा रहेको शाखाको आयोजनामा १ दिने ब्यावसायिक पशुपालन कार्यक्रम सम्पन भएको छ । मिथिला नगरपालिका वाड नम्बर ६ को श्री राधा कृष्ण मन्दिरका सभा हलमा सूरु भएको कार्यक्रमको मिथिला नगरपालिका ७ को वाड अध्यक्ष राम बहादुर स्याङ्गतानले उद्घाटन गरेका थिए भने पशुपालन प्रशिक्षक राम शंकर यादव र विवेक महतो तालिम र सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि का जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल र अनुगमन स्टेशन कार्यालय लहानको अनुगमन प्रमुख अधिकृत नरेश बहादुर लामाले मन्तव्य राखेका थिए ।

संस्थाका शाखा प्रबन्धक रोशन कुमार साहको अनुसार मिथिला नगरपालिका वडा नं. ६ को श्री राधा कृष्ण मन्दिरका सभा भवनमा भएको तालिममा ४५ जनाबढी महिला तथा पुरुष को सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक साहले बताए ।

तालिममा क्षिरेश्वरनाथ नगरपालिका कि केन्द्र न ५४ केन्द्र प्रमुख रामरिता देवी मण्डलले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न सहभागिहरुलाई अनुरोध गरे । यस्तै सोही अवसरमा संस्थाका जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल ज्युले अहिले देशमा अराजक समुहहरु बढेको र ति समुहहरुले देशको अर्थतन्त्रलाई धमल्याएको बताए र यसै संस्थाका अनुगमन अधिकृत नरेशबहादुर लामाले वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएका थिए ।

संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको जोखिम तथा असुलि विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।

यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् । संस्थाका अनुगमन अधिकृत नरेश बहादुर लामा ज्युले स्वागत मन्तव्यबाट शूरु भएको थियो कार्यक्रमको संचालन यसै संस्थाका शाखा प्रमुख रोशन कुमार साहले गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]