February 25th, 2024

लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण विषयक तालिम

बैंकिङ खबर/थोक लघु कर्जा प्रदायक संस्था आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवलले आफ्ना साझेदार लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख र कर्जा लगानी तथा असुली विभाग अन्तर्गत कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ग्राहक संरक्षण कोष अन्तर्गत १ दिने “लघुवित्त वित्तीय संस्थाको सफलताका लागि कर्मचारी सशक्तीकरण” विषयक तालिम आयोजना गरेको छ ।

उक्त तालिम बुटवल स्थित सिद्धार्थ कटेजमा आयोजना गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलद्वारा प्रशिक्षित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, असल ग्राहक सम्बन्ध र कर्जा व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ्ग कसुर र परिणामको विषयमा केन्द्रित रहेको थियो ।

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत विगत देखि नै आफ्ना साझेदार संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लक्षित गरी विभिन्न किसिमका तालिम कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ र भविष्यमा समेत यस प्रकारका क्षमता अभिवृद्धि कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]