Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘बैंकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा

२०८० फाल्गुन ११ गते

बैंकिङ खबर/ प्रतिनिधिसभा बैठकले ‘बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८०’ संसदीय समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मत निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रतिनिधिसभाको बैठक फागुन १३ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।