February 22nd, 2024

सुर्योदय वोमी लघुवित्तद्वारा आर्थिक सहयोग हस्तान्तरण

बैंकिङ खबर/ कैलालीको बसन्तपुर शाखा कार्यालय रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गोदावरी नगरपालिका वाड नं ४,गोदावरीस्थित विजय कुमारी मगरलाई निजको श्रीमानको मृत्यु बाफत रु.२ लाख रकम हस्तान्तरण गरेको छ ।

विगत ३ वर्ष देखि बसन्तपुर शाखा कार्यालय बाट बित्तिय कार्यक्रममा आवद्ध सदस्यको श्रीमान को अल्पआयु मै निधन भएको प्रति दुःख व्यक्त गर्दै संस्थाको कर्जा सुबिधा अन्तर्गत सुर्योदय वोमी लघुवित्त मार्फत स्थानीय भद्र भलादिमी,वडाका जनप्रतिनिधि तथा शाखाका कर्मचारी सरिता कुमारी सिंह,सुर्मिला चौधरी सहित निज सदस्यको घर मा नै एक कार्यक्रम गरि सो रकम हस्तान्तरण गरेको हो। सुर्योदय वोमी लघुवित्त ले समस्यामा परेका सदस्यहरुलाई सहयोग गरेको प्रति धन्यवाद दिँदै आगामी दिनमा समेत थप सेवा सुविधासहित कार्यक्रम गर्न स्थानीय जनप्रतिनिधिले सुझाब दिए ।

सो कार्यक्रम मा बोल्दै शाखा प्रमुखले संस्थासँग जोडिएका हरेक सदस्यहरु सदस्य मात्र नभएर एउटा परिवार नै भएको र सकेसम्म सबै को समस्या लाई संस्थागत नीतिनियम भित्र रही आगामी दिनहरुमा थप सेवासुविधा का कार्यक्रम लाई प्राथमिकतामा राखी अगाडि बढ्ने आस्वासन शाखा प्रमुख दिपक महराले जानकारी दिए । हाल सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि भि ललितपुर कर्पोरेट कार्यालय रही देश भरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १८५००० जना सदस्यलाई वित्तीय सेवा दिइरहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]