February 21st, 2024

मेरो माइक्रोफाइनान्सद्वारा १ लाख बीमा रकम हस्तान्तरण

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले संस्थाका सदस्य कमला जैशी बाहुनलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य कमला जैशी बाहुनको श्रीमान प्रेम दत्त जोशीको मृत्यु दाबी बापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

निजलाई सदस्य अभिभावक कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको दोधारा चाँदनी, कञ्चनपुरका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए । सदस्य कमला जैशी बाहुन मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय दोधारा(चाँदनी, कञ्चनपुरद्वारा प्रवद्धित लघुवित्त कार्यक्रममा आबद्ध छिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]