
बैंकिङ खबर/ सिरहाको लहानमा रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखाले अभिभावक तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लहान नगरपालिका वडा न ८ को लहान नगरपालिका वडा नम्बर ८ को सभाहलमा १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम लहान नगरपालिका वडा नं. ८ का वडा सदस्य राजु मन्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
समूहमा आबद्ध रहेका महिलाहरुलाई वित्तीय व्यवस्थापनमा साक्षरता बनाउन, कुनै पनि व्यवसाय गर्दा हुन सक्ने जोखीमहरु बाट कसरी बच्ने, वित्तीय सहजता ल्याउनुका साथै कर्जा कसरी लिने र पैसा कसरी बचाउन सकिन्छ भन्ने लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको सूर्योदय वोमी लघुबित्त वित्तीय संस्था लिमिटेड लहानका शाखा प्रमुख बिजय कुमार यादवले जानकारी दिए ।
४५ जना महिला तथा अभिभावकहरुले सहभागिता जनाएको कार्यक्रममा जोखिम तथा असुली विभाग अधिकृत मान प्रसाद फुयाल , अनुगमन अधिकृत नरेस बहादुर लामा र लहान शाखाका शाखा प्रमुख यादवले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा सहभागिहरुलाई वित्तीय साक्षरताको परिचय, यसको आवश्यकता, वित्तीय लक्ष्य निर्धारण सम्बन्धि कसरी आम्दानी बढाउने, बचत भनेको के हो?, कसरी बचत गर्ने, कति बचत गर्ने, बचत किन र के का लागि गर्ने, बचत गर्दाका फाइदाहरु, जोखीम भनेको के हो?, जोखीमले के कस्ता असर पुराउँछ,, जोखीम सामना गर्ने उपायहरु, ऋण लिने कारणहरु, संस्थाले ऋण लगानि गर्दा र सदस्यले ऋण लिँदा ध्यान दिनुपर्ने कुराहरु साथै मिटर ब्याज भनेको के हो ? भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
यस्तै, वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वीमा, वित्तीय साक्षरताको महत्व, इसेवा, मोबाइल एसएम सेवा लगायतका विषयमा दृश्य सामग्री प्रस्तुत गरिएको थियो। लहान ०८ स्थित संस्थाले बैंकहरुमा पहुँच हुन नसक्ने विपन्न वर्गलाई घरमै पुगेर कर्जा दिँदै आएको, समय–समयमा तालिमहरु प्रदान गर्दै आएको, उनीहरुको आर्थिक अवस्थामा सुधार, दैवी प्रकोपमा परेकाहरुलाई राहत उपलब्ध, उपचार खर्च, सुत्केरी स्याहार खर्च लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको संस्थाका शाखा प्रमुख यादवले बताए । तालिममा लहान नगरपालिका वडा न वडा सदस्य राजु मन्डलले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न सहभागिहरुलाइ अनुरोध गरे ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिला तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको तथा अहिले देशमा अराजक समुहहरु बढेको र ति समुहहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।
यसैबीच तालिमका सहभागिहरुले आजको ज्ञानले आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् । संस्थाका अनुगमन अधिकृत नरेस बहादुर लामा ज्युले स्वागत मन्तव्यबाट शूरु भएको थियो कार्यक्रमको संचालन यसै संस्थाका शाखा प्रमुख यादवले गरेका थिए ।



