२०८० फाल्गुन ४ गते

जाल्पा सामुदायिक लघुवित्तको सञ्चालक समिति अध्यक्षमा अर्याल

बैंकिङ खबर/जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा चाटर्ड अकाउन्टेन्ट मनिष अर्याल नियुक्त भएका छन्। फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो।

अर्याल पहिलोपटक पब्लिक निर्देशकबाट अध्यक्ष बनेका छन्। साढे २ वर्षअघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए। अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटिको संयोजक पनि रहेका थिए।

संस्थाका अध्यक्ष विर बहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ। जाल्पा लघुवित्तलाई विषम् परिस्थितीमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ।