Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सीआरआर र सीडी कायम गर्न नसक्दा नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५४ हजार हर्जना

२०८० फाल्गुन ३ गते

बैंकिङ खबर/नारायणी विकास बैंकलाई राष्ट्र बैंकले नगद जरिवाना गरेको छ। नियामकीय व्यवस्थाअनुरुप अनिवार्य मौज्दात (सीआरआर) रकम कायम नगरेको भेटिएपछि केन्द्रीय बैंकले नारायणी विकास बैंकलाई नगद जरिवाना गरेको हो।

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप दायित्वको निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकमा खोलेको खातामा नगदै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस बैंकले सिआरआर कायम गर्न नसक्दा केन्द्रीय बैंकले नगद जरिवाना गरेको छ। त्यसैगरी चालू आवको पहिलो र दोस्रो त्रैमासमा यस बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसक्दा थप जरिवाना परेको हो।नियामकीय व्यवस्था अनुरुप बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ९० प्रतिशत कर्जा प्रवाह गर्न पाउँछन।

तर बैंकले सीडी रेसियो ९० माथि रहेर कर्जा प्रवाह गर्दा केन्द्रीय बैंकको कारबाहीमा परेको छ। केन्द्रीय बैंकले अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८४६ रुपैयाँ र सीडी रेसियोमा २ लाख ४१ हजार ९२४ रुपैयाँ हर्जना गरेको छ।