
बैंकिङ खबर/ सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था धनुषाधाम शाखाले समूहका महिला तथा अभिभावकका लागि व्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब ८० सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला धनुषाधाम नगरपालिका १ मा रहेको शाखाको आयोजनामा १ दिने व्यावसायिक पशुपालन कार्यक्रम सम्पन भएको छ ।
धनुषाधाम नगरपालिका वाड नम्बर १ को प्राथमिक स्वास्थ केन्द्र्को सभा हलमा शुरु भएको कार्यक्रमको धनुषाधाम नगरपालिका १ को वडा सदस्य पुनिता कुमारी यादवले उद्घाटन गरेकी थिइन् भने पशु बिज्ञ अधिकृत बिष्णुदेव यादव र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. का जोखिम तथा असुलि विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल र अनुगमन स्टेशन कार्यालय लहानको अनुगमन प्रमुख अधिकृत नरेश बहादुर लामाले मन्तव्य राखेका थिए ।
संस्थाका शाखा प्रबन्धक दिपक कुमार यादवका अनुसार धनुषाधाम नगरपालिका वडा नं. १ को प्राथमिक स्वास्थ केन्द्र् सभा भवनमा भएको तालिममा ८० जनाबढी महिला तथा पुरुषको सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक यादवले बताए ।
तालिममा धनुषाधाम नगरपालिका १ का वडा सद्स्य पुनिता कुमारी यादवले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न सहभागिहरुलाई अनुरोध गरिन्।

यस्तै सोही अवसरमा संस्थाका जोखिम तथा असुली विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले अहिले देशमा अराजक समुहहरु बढेको र ति समुहहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको बताए र यसै संस्थाका अनुगमन अधिकृत नरेश बहादुर लामाले वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएका थिए ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।
यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् । संस्थाका अनुगमन अधिकृत नरेस बहादुर लामाले स्वागत मन्तव्यबाट शुरु भएको थियो । कार्यक्रमको संचालन यसै संस्थाका शाखा प्रमुख दिपक कुमार यादवले गरेका थिए ।



