Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तका कर्मचारीमाथि हातपात भएको भन्दै लघुवित्त बैंकर्स संघले आपत्ति

२०८० माघ २८ गते

बैंकिङ खबर/लघुवित्त संस्थाका कर्मचारी माथि हातपात तथा दुव्र्यवहार भएको भन्दै नेपाल लघुवित्त बैंकर्स संघले आपत्ति जनाएको छ । संस्थाका र्कचारी माथि भएको हातपात र दुव्र्यवहारले सेवा प्रवाहको वाताबरण धमिलो भएको भन्दै संघले यस्ता कृयाकलाप रोकी सहज वाताबरण बनाउन पनि माग गरेको छ ।

“माघ २५ गते सुर्खेतको मेहेलकुनास्थित डिप्रोक्स लघुवित्तका शाखा प्रबन्धक दिपेन्द्र कट्टेलमाथि उनकै कार्यकक्षमा कथित कान्तिकारी युवा संगठन नेपालद्धारा जनकारवाहिको संज्ञा दिदै कालोमोसो दल्ने तथा हातपात गर्ने जस्तो जगन्य अपराध र अराजक गतिविधि प्रति लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण भएको छ,” संघले भनेको छ ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ऐन, नियम, कानून र निर्देशनको परिधिमा रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरुले सेवा प्रवाह गर्दै आएको अवस्थामा हातपात हुनु दुर्भाग्यूिर्ण रहेको संघको भनाई छ ।

आम जनता बाटै संकलित ठुलो परिमाणको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त गरी दुर्गम क्षेत्रमा बसोबास गर्ने लाखौ विपन्न परिवारहरुलाई सरल र सहज तरिकाले घर दैलोमै वित्तीय सेवा प्रदान गर्दै लघुवित्त संस्थाहरुले योगदान पुयाइरहेको पनि संघले स्मरण गराएको छ ।

अवाञ्छित गतिविधिले ग्राहकहरु तथा विपन्न वर्गले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट वञ्चित हुने अवस्था उत्पन्न भएको भन्दै संघले ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट पनि वञ्चित हुनु परेको जनाएको छ ।

“यस्ता अनाधिकृत गतिविधिहरुलाई तत्काल रोक्न सम्बद्ध पक्षलाई हामी हार्दिक अनुरोध गदछौं । यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरि अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुरयाई दिनुहुन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय सरकार तथा सम्बन्धित अन्य निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं,” संघले भनेको छ ।

ग्राहक र संस्थाको बिचमा सुमधुर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्दै आएका लघुवित्त संस्थाहरु सदैव दृढ रहेको भन्दै संघले यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा समेत निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि संघले व्यक्त गरेको छ ।