
बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उद्देश्यले फरक–फरक शिर्षकका दुई वटा एक दिवसीय तालिम सम्पन्न गरेको छ । शाखा कार्यालय मुग्लीन चितवनले व्यवसायिक तरकारी खेती तालिम मुग्लिन चितवनमा सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यालयमा जोखिम व्यवस्थापन तथा असुली विभाग प्रमुख टेक बहादुर रोकाको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक संगम पोख्रेलको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण कृषि शाखा कुरिनटारका प्राविधिक सहायक विकास खनाल र ना. प्रा.स उमेश कुमार चौधरीले दिएका थिए ।
उक्त तालिममा २२ जना सदस्यहरुको सहभागीता रहेको थियो । त्यस्तै शाखा कार्यालय सल्यानटार धादिङले व्यवसायिक बाख्रा पालन तालिम सल्यानटारमा सम्पन्न गरेको छ । शाखा प्रबन्धक कृष्ण बहादुर पौडेलको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सल्यानटारका पशु चिकित्सक जे.टि.ए. नविन बसौलाले दिएकाथिए । २२ जना सदस्य र २ जना स्थानीय कृषक सहित २४ जनाको सहभागीतामा उक्त तालिम सम्पन्न भएको थियो । दुवै तालिमका सहभागीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो ।



