February 9th, 2024

मेरोमाइक्रोफाइनान्स लघुवित्तको ११ औं वार्षिक साधारण सम्पन्न

बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा संस्थाका शेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष खत्रीले १० बर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले स्वागत मन्तव्य राखी सबैलाई स्वागत गरेका हुन् ।

सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ ।

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]