Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आगामी आर्थिक वर्षको बजेटका लागि २२ खर्बको सिलिङ बनाइँदै

२०८० माघ २६ गते

बैंकिङ खबर/ ८ प्रतिशत वृद्धिको लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट करिब २२ खर्बको बनाउने गरी तयारी भएकाे छ। अहिले राष्ट्रिय याेजना आयाेगमा स्राेत समितिकाे बैठक निरन्तर बसिरहेकाे छ। नेपाल राष्ट्र बैंक र मन्त्रालयहरूले १८ खर्बको बजेटलाई प्रस्ताव ल्याएका छन्।

तर, समितिमा भने बजेट २२ खर्ब पुर्‍याउने गरी छलफल भएकाे हो। योजना आयोगले अर्थमन्त्रालयलाई दिएकाे सिलिङअनुसार बजेट निर्माण हुन्छ ।

योजना आयोगले अर्थमन्त्रालयलाई पठाएको सिलिङअनुसार नेपाल राष्ट्र बैंकले पनि १८ खर्बको बजेट बनाउने प्रस्ताव गरेको छ। राष्ट्र बैंकले १८ खर्बको बजेट बनाउने गरी योजना आयोगको स्रोत समितिमा प्रस्ताव गरेको हो। तर, स्रोत समितिले भने २२ खर्बको बजेट बनाउने तयारी थालेको छ।

समितिले थप ४ खर्बलाई पुँजीगत खर्चमा छुट्याउने गरी थप्ने योजना बनाएको हो। समितिले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि दरको लक्ष्य ८ प्रतिशत पुर्‍याउने गरी तयारी थालेको हो।