२०८० माघ २५ गते

सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्तले मर्जरको लागि राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले  विभिन्न शर्त सहित मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

मर्जर पश्चात कम्पनीको नाम सामुदायिक लघुवित्त हुने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने छ । सामुदायिक लघुवित्तले बिपीडब्लुलाई गाभेको हुनाले संस्थाको लेटरप्याडमा ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको’ भन्ने व्यहोरा उल्लेख गर्नु पर्नेछ ।

१००: ०.८५३५ को अनुपातमा राष्ट्र बैंकले मर्जरको लागि स्वीकृति दिएको हो । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले १०० कित्ता नै शेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले ८५.३५ कित्ता शेयर पाउने छन् ।राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसंगे अब एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ ।