२०८० माघ २५ गते

हिमालयन लघुवित्तद्वारा रु. पाँच लाख ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

बैंकिङ खबर/हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भद्रकाली, सिन्धुलीले बिमा दावी रकम भुक्तानी गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.२,चियावारी टोलमा रहेको केन्द्र न.०९ की सदस्य गिता थापाको श्रीमान् ज्ञान बहादुर थापाको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।

सदस्य श्रीमती गिता थापाले संस्थाबाट रु.५,००,०००÷– कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च रु.२५,००० तथा तिरेको किस्ता रकम रु.७३,०५८ समेत फिर्ता गरी जम्मा रकम रु.९८,०५८ निज सदस्य गिता थापालाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्री बुद्धि बहादुर खत्रीले बताए ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराईदिएको भन्दै चियावारी टोलका भद्रभलादमीहरुले संस्थालाई धन्यवाद दिएका छन् ।

त्यस्तै श्रीमान गुमाउनुको पिडा त छदै छ यस्तो अवस्थामा कर्जा मिनाहा गरि क्रिया खर्च र समयमा बिमा बापतको रकम उपलब्ध गराई मेरो पिडामा मलम पट्टी संस्थाले लगाएको सदस्य गिता थापाले बताइन् ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक बुद्धि बहादुर खत्री तथा शाखाका कर्मचारी प्रकाश वाग्लेको उपस्थिति रहेको थियो भने केन्द्र नं.०९ का सदस्यहरु र भद्रभलादमीहरुको उपस्थिति पनि रहेको थियो ।