Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपालको शोधनान्तर अवस्था सुधार हुँदै, २ खर्ब ७३ अर्ब बचतमा

२०८० माघ २३ गते

बैंकिङ खबर/शोधनान्तर अवस्था सुधार हुँदै गएको छ। पुस मसान्तसम्ममा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ।

त्यस्तै चालू खाता समेत राम्रो अवस्थामा छ। चालू खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।