February 6th, 2024

१६.९१ प्रतिशतले बढ्यो नेशनल लाइफ इन्स्योरेन्सको नाफा, प्रतिशेयर आम्दानी कति ?

बैंकिङ खबर/नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २१ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.९९ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी १२.३३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी १२.२२ प्रतिशत बढेको छ भने कुल खर्च ११.७९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २८ पैसाले बढेर १० रुपैयाँ १८ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५९.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ । यस अवधिसम्ममा इन्स्योरेन्सको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४९ करोड ६३ लाख रुपैयाँ सञ्चित छ।

त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ६० करोड १८ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ रहेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]