Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सूर्योदय वोमी लघुवित्तको बोनस घोषणा

२०८० माघ २१ गते

बैंकिङ खबर/सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.०७७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। माघ १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ। लघुवित्त हाल एफपीओ निष्काशनको प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोजभन्दा अगावै उक्त शेयर समायोजन भएमा समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित बोनस शेयर वितरण गरिने लघुवित्तले बताएको छ