
बैंकिङ खबर/ सुर्योदय वोमी लघुवित्तले फिल्ड व्यवस्थापन तथा उत्प्रेरणात्मक तालिम सम्पन्न गरेको छ । बनेपा १३ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले विभिन्न १५ वटा स्टेशन कार्यालयमा तालिम सम्पन्न गरेको छ । यसै अन्तर्गत चन्द्रानिगाहापुर स्टेशनमा फिल्डमा कार्यरत ३५ जना भन्दा बढी कर्मचारीहरुलाई फिल्ड व्यवस्थापन तथा उत्प्रेरणात्मक सम्बन्धी १ दिने तालिम सम्पन्न गरेको हो ।
तालिममा संस्थाको कार्य सञ्चालन तथा अनुगमन विभाग प्रमुख केशरिराज निरौला प्रमुख आतिथ्य तथा योजाना तालिम अनुसन्धान तथा संरक्षण कोष विभाग प्रमुख तथा जोखिम तथा असुली विभागमा कार्यरत अधिकृत एव बरथहवाका शाखा प्रमुखको समेत उपस्थिति रहेको थियो ।
तालिमको सहजिकरण फरक फरक शिर्षकमा केशरीराज निरौला , गोपाल प्रसाद पौडेल, मान प्रसाद फुयाल र छबिलाल सिवाकोटी लगायतले सहजीकरण गरेका थिए ।
तालिमको अवसरमा संस्थाका जोखिम तथा असुलि विभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालबाट कर्मचारीलाई अत्यन्तै चनाखो भइ अन्य संस्था तथा कर्मचारीहरुसँग हातेमालो गरी कार्यक्रम विस्तार गर्नका लागि उत्प्रेरणा समेत गरेका थिए भने फिल्ड कर्मचारी संस्थाको मेरुदण्ड भएको कुरामा जोड दिँदै हाल लघुवित्त क्षेत्रमा विद्यमान विभिन्न किसिमका चुनौतीहरुलाई दृष्टिगत गरी कर्मचारीको मनोवल उच्च राख्दै कार्यक्रमलाई सवल बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको र आगामी दिनमा समेत कर्मचारीको दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप तालिम सञ्चालन गर्नका लागि संस्था प्रतिवद्ध रहेको बताए । कार्यक्रम रौतहट चपुरको होटल आरोहि होटल थकाली भान्सा घरमा सम्पन घरमा सम्पन भएको थियो ।
सहभागि कर्मचारिहरु निकै उत्साह पूर्वक सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रमको उद्घाटन कार्य सञ्चालन तथा अनुगमन विभाग प्रमुख केशरिराज निरौलाले र कार्यक्रम सन्चालन अनुगमन अधिकृत छबिलाल सिवाकोटीले गरेका थिए ।



