February 2nd, 2024

दाबी भुक्तानीमा बीमितलाई झुलाएकाले बीमा क्षेत्रको विश्वसनीयता बढ्न सकेनः सिलवाल

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा दाबीमा अझै पनि बीमा कम्पनीहरुले झुलाई रहेकोमा सार्वजनिकरुपमा नै असन्तुष्टी जनाएका छन् । शुक्रबार नेको इन्स्योरेन्सको इन्स्योरेन्स सल्युशन एप्स लोकार्पण गर्दै अध्यक्ष सिलवालले बीमा दाबीमा बीमा कम्पनीहरु अझै पनि जिम्मेवार नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् ।

बीमाको बारेमा नब्बे प्रतिशतलाई अवगत रहेको दाबी गर्दै सिलवालले यो क्षेत्र प्रति आम नागरिकमा विश्वसनीयताको संकटले गर्दा नै बीमाको अपेक्षित बिस्तार हुन नसकेको बताए । प्राधिकरणले बीमा जागरण अभियान लिएर दाबी भुक्तानी नपाएको गुनासो सर्वसाधारण र स्थानीय सरकारबाट व्यापक आउने गरेको बताउँदै अध्यक्ष सिलवालले दाबीको फाइल अड्किनुका पछाडी जायज कारणहरु छन् भने बीमकले एक एक गरेर कारण बारे बताउँदै स्थानीय सरकारलाई विश्वासमा लिन सक्नुपर्नेमा जोड दिए ।

दाबीको फाइललाई टुङ्गो लगाउने जिम्मेवारी बीमकले नै लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, दाबी परेपछि त्यसलाई सम्बोधन गर्न स्वतःस्फूर्तरुपमा लाग्न सक्यौं भने मात्र विश्वसनियता बढ्नेछ। दाबीको पाटोमा फराकिलो दृष्टीकोण लिएर काम गर्न उनले बीमकलाई सुझाए । बीमकले अड्काएका अधिकांश बीमा दाबीहरु स सानो रकमको भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, मैले बीमा गरे भने भोलि आपत् पर्दा दाबी पाउँछु भन्ने विश्वास तपाईहरुले आम नागरिकमा जगाउन सक्नुपर्छ। पचास हजार बीमाशुल्क भुक्तानी गरेको बीमितले २ लाख रुपैयाँको दाबी गर्दा समेत अड्काएकोमा उनले आपत्ती जनाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]