Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्टार्टअप उद्यम कर्जाः सरकारले माग्यो परियोजना प्रस्ताव

२०८० माघ १९ गते

बैंकिङ खबर/औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप’ उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

कर्जाका लागि स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीले परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।

स्टार्टअप उद्यमीले सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यविधिको अनुसूची (१) बमोजिम आफ्नो परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ । जारी सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले एक्काइस दिन (सो दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) भित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।’