February 1st, 2024

गणपति लघुवित्तद्वारा एक दिने सदस्य सिप विकास तालिम सम्पन्न

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय बाँसगढी बर्दियाले सीप विकास तालिम अन्तर्गत सदस्यहरुकाे लागि एक दिने व्यवसायिक बाख्रा पालन तालिम संचालन गरेकाे छ । संस्थामा आबद्ध सदस्यहरुकाे क्षमता अभिवृद्धी गर्ने उदेश्यले बाख्रा पालन गरिरहेका ३१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएकाे हाे ।

सहभागीहरुलाई अनुगमन अधिकृत गाेकर्ण प्रसाद जाेशीले मन्तव्यमार्फत स्वागत गर्नु भएकाे एक दिने व्यवसायिक तालिम कार्यक्रमकाे समुद्घाटन यस वित्तीय संस्थाकाे तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि प्रभुराज थापाले गरेका थिए ।

उक्त एक दिने व्यवसायिक बाख्रा तालिमको प्रशिक्षण पशु शाखा कार्यालय बाँसगढीका पशु प्राविधिक घनश्याम तिवारीले दिए । शाखा प्रबन्धक हिक्मत ढकालकाे अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रमकाे अतिथिमा पशु शाखा कार्यालय बाँसगढीका पशु विकास अधिकृत ठाकुर दयाल साहकाे समेत उपस्थिति रहेकाे थियाे ।

उक्त व्यवसायिक बाख्रा पालन तालिमका सहभागीहरुलाई प्रमाण पत्रकाे समेत व्यवस्था गरिएकाे थियाे । कार्यक्रमकाे संचालन तथा सहजीकरण शाखाका सहायक लाेकेन्द्र प्रसाद भट्टले गर्नु भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]