Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा रिलायन्स लाईफले एक बीमा सचेतता कार्यक्रम सम्पन्न

२०८० माघ १६ गते

बैंकिङ खबर/सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली मा.बि. रामेछापमा एक बिमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीबीच उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बीमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री , तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट , शाखा प्रमुख रामहरि के.सि. प्रधानाध्यापक टंक प्रसाद दाहाल , सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ।