January 29th, 2024

रिलायवल नेपाल लाइफको सुर्खेत शाखाद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

बैंकिङ खबर/रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी स्व राम ब. घर्तिको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो । बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज बीमित राम ब. घर्तिको श्रीमती काशीमाया घर्तिलाई हस्तान्तरण गरेको हो ।

स्व राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो । उनको श्रीमती काशीमाया घर्तिलाई बीमा वापत १४ लाख रुपैयाँ माघ १५ गते घरमा नै गई दिएको कम्पनीले जनाएको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]