January 29th, 2024

लघुवित्तको पुँजी पर्याप्तता अनुपात–सीएआरको सीमा बढाइने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको क्यापिटल एडिक्वेसी रेसियो (पुँजी पर्याप्तता अनुपात–सीएआर)को सीमा बढाउने तयारी गरेको छ ।

केन्द्रीय बैंकले हाल ८ प्रतिशत पुँजीकोषको व्यवस्था बढाएर १० प्रतिशत पु¥याउन लागेको हो। अहिले लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक गरी ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने प्रावधान छ।

अब राष्ट्रियस्तरका लघुवित्तको पुँजीकोष बढाइने गरी तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ । लघुवित्तको थोरै पुँजीले पनि धेरै व्यवसाय गर्न पाउँदा पछिल्लो समय समस्या बढ्न थालेको देखिएपछि यस्तो कोषको सीमा बढाउन लागिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको समस्या समाधानका लागि अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा लघुवित्तको क्यापिटल एडिक्वेसी (सीएआर) १५ प्रतिशत पु¥याउनुपर्ने सुझाव छ।

अध्ययन प्रतिवेदनका अनुसार लघुवित्त वित्तीय संस्थाले थोरै पुँजीले पनि धेरै व्यवसाय गर्न पाउँदा समस्या भएको हो। समाधानका लागि हाल ८ प्रतिशत रहेको लघुवित्तको सीएआर १५ प्रतिशतसम्म पु¥याउनुपर्ने सुझाव दिइएको छ।

अध्ययन प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयन भने राष्ट्र बैंकले २०८४ असार मसान्तसम्म गराउने भनिएको छ। प्रतिवेदनमा हाल ८ प्रतिशत सीएआर भएका संस्थाले २०८४ असार मसान्तसम्म १५ प्रतिशत कायम गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गर्ने जनाइएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]