Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सम्पत्ति शुद्धीकरणमा इच्छाराज तामाङ विशेष अदालतबाट दोषी ठहर

२०८० माघ ७ गते

बैंकिङ खबर/विशेष अदालतले सिभिल सहकारी ठगी प्रकरणका आरोपी व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले इच्छाराजसहित उनकी श्रीमती सिर्जना, सहकारीका अध्यक्ष केशवलाल र मीनाकुमारीलाई दोषी ठहर गरेको हो। अदालतले सजाय निर्धारणको लागि माघ २१ गते को पेशी तोकिएको छ।

शिभिल सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरी तामाङले कम्पनीमा सेयर खरिद र घरजग्गामा लगानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी थियो । एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी गरेको आरोप तमाङ माथि लागाइएको थियो ।