२०८० माघ ६ गते

गणपति लघुवित्तद्वारा व्यवसायिक बंगुरपालन तालिम सञ्चालन


बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भलवारी रुपन्देहीले सीप विकास तालिम अन्तर्गत सदस्यहरुको लागि एक दिने व्यवसायिक बंगुर पालन तालिम सञ्चालन गरेको छ । सदस्यको क्षमता अभिवृद्धी गर्ने उदेश्यले देवदह न.पा.१० चरङ्गे रुपन्देहिमा २१ जना ग्राहक सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

व्यवसायिक बङ्गुरपालन तालिमको प्रशिक्षण जे.टि.,जे.टि.ए. प्रतिक भण्डारीले दिएका थिए । शाखा प्रबन्धक सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा अनुगमन कार्यालय भुमहीका अनुगमन अधिकृत मदन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्रको समेत व्यवस्था गरिएको थियो । कार्यक्रमको सहजीकरण संगिता पौडेल आचार्यले गरेकी थिइन् ।