
बैंकिङ खबर/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपकनिधि तिवारी नियुक्त भएका छन्।
संस्थाका सिइओ चोलराज शर्मा जोशीको पदावधि यही माघ ५ गते समाप्त हुँदै छ। अर्को व्यवस्था नभएसम्मका लागि संस्थाको सञ्चालक समितिले नायब महाप्रबन्धक पदमा कार्यरत तिवारीलाई कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो।


