Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मिर्मिरेले दियो २ लाख २५ हजार बीमादाबी भुक्तानी

२०८० माघ ४ गते

बैंकिङ खबर/ बनेपास्थित केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनेपाले बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय बनेपाको केन्द्र नं. २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमावापत निजको श्रीमान भुवन थापालाई बीमाङ्क तथा क्रिया खर्च रकम २ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । संस्थाले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसंग सदस्यको म्यादी जीवन बीमा सहकार्य गरेकोमा उक्त दाबी रकम संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले चेक मार्फत हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी बोहरा संगै कर्जा तथा असुली विभाग प्रमुख राजेश श्रेष्ठ, शाखा प्रमुख ललिता पौडेल तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । दाबी भुक्तानी लिने क्रममा बीमा गरेको कारणले संस्थासंग लिएको कर्जाको व्ययभार परिवारमा नपरेकोले संस्था तथा बीमा कम्पनी प्रति आभारी रहेको भुवन थापाले बताए ।