Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

घरजग्गा कारोबारमा सुधार

२०८० माघ २ गते

बैंकिङ खबर/चालू आर्थिक वर्षको पुस महिनामा घरजग्गा कारोबारमा सुधार आएको छ। गत वर्षको पुसको तुलनामा घरजग्गा कारोबार बढेको हो। पुसमा लिखित पारित ४५ हजार २७७ वटा भएका छन्। कुल कारोबार १ लाख ३६ हजार भएको विभागले जनाएको छ।

२०७९ को पुस महिनामा ३८ हजार ८७१ वटा लिखित पारित हुँदा १ लाख १३ हजार कुल कारोबार भएका थिए। घरजग्गा कारोबार बढे पनि राजस्वमा भने कमी आएको छ। पुस महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब २० करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

सरकारले कित्ताकाट खुलाउने निर्णयसँगै राष्ट्र बैंकले जोखिमभार समेत घटाएको छ। यसले केही कारोबार बढाउन समेत सहयोग गरेको छ।