Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आठ विकास बैंकले कमाए दुई अर्ब १६ करोड

२०८० माघ १ गते

बैंकिङ खबर/ राष्ट्रियस्तरमा सञ्चालित आठवटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा दुई अर्ब १६ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार आठ विकास बैंकमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक छ । यो बैंकले मंसिर मसान्तसम्म ४५ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, दोस्रो बढी नाफा गर्नेमा गरिमा विकास बैंक, तेस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । गरिमा विकास बैंकले ३८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने शाइन रेसुङ्गाले ३० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

आठ राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा कम नाफा सांग्रिला डेभलपमेन्ट बैंकले १५ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, कामना सेवा विकास बैंकले १९ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

हाल विकास बैंक १७ वटा छन् । जसमा १६ वटा विकास बैंक धितोपत्र दोस्रो बजारमा सूचीकृत छन् । खोटाङमा केन्द्रीय कार्यालय भएको सालपा विकास बैंकले भने हालसम्म प्राथमिक सेयर सार्वजनिक निष्कासन गरेको छैन ।