Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५ महिनामा भित्रियो ६ खर्ब १३ अर्ब रेमिट्यान्स

२०८० पुष २६ गते

बैंकिङ खबर/चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब १३ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स (विप्रेषण) आप्रवाह भएको छ। रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा २७.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ। यो वर्षको ५ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ छ।