Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमालयन लघुवित्त शाखा कार्यालय विरुवागुठीद्वारा बीमा दाबी रकम भुक्तानी

२०८० पुष २० गते


बैंकिङ खबर/ हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी गा.पा.वडा नं.८,हरपुर टोलमा रहेको केन्द्र नं.०९ कि सदस्य श्रीमति देवन्ती देवी रामको श्रीमान् बिरेन्द्र रामको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराइएको हो ।

सदस्य श्रीमति देवन्ती देवी रामले संस्थाबाट रु.८०,००० कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु. २५,००० तथा तिरेको किस्ता रकम रु.५,००० समेत फिर्ता गरी जम्मा रकम रु.३०,००० निज सदस्यको घरमै गइ एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलव्ध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा सो केन्द्रका केन्द्र सञ्चालक गजिन्द्र कुमार पटेलको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।