January 5th, 2024

२ अर्ब ४४ करोड मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ४४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले आफ्नो उपदान पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंकका साथै राष्ट्रिय स्तरमा विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको छ ।

वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख रुपैयाँ, विकास बैंकमा ३६ करोड ६० लाख र वित्त कम्पनीमा १२ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

माघ ५ देखि २०८१ माघ ५ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले २२ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]